बाह्रा: संस्कार इहि संस्कार पछि महिनावारी हुनु अगादि छोरी चेलीलाई गर्ने संस्कार बाह्रा: राख्ने हो । छोरी चेली उमेरले बढ्दै गए पछि सरिरको प्राकृतिक बनौतका कारणले उनिहरुमा हुने मासिक स्राव याने महिनावारी हुनु हो । मानव सृस्तिकालागि नारिलाई पूर्णता दिन प्रकर्तिले अनिवार्य व्यवस्थ गरिएका मासिक रुपमा शृंखलाबध्द हुने शारीरिक प्रकृया नै महिनावारी हो अर्थात मासिक स्राव हुन् । महिलाको महिनारीलाई पुरातन समाजले नछुने र पर सरेकी तथा छुन नहुने भनेर चित्रणा गर्दै सङ्कीर्ण मनस्थिती बाट पुरातन संस्कारकारुपमा लिईन्दै आएका छन् । सामान्यतयाः महिनावारी र नछुनेलाई एउटै मान्ने गरिए तापनि यी दुई भिन्न हुन् । महिनावारी जैविक विषय हो, जुन महिलालाई जन्मजात नै प्राप्त हुन्छ । नछुने चाहिँ समाज निर्मित विषय हो, जसलाई पितृसत्तात्मक समाजले महिलामाथि थोपरेको एउटा कुसंस्कार हुन् । बाह्रा: तीन किसिमले राख्ने परम्परा रहेका छन् । (१) साईत हेरेर राख्ने, (२) स्वाना घाना(समावेश गरि) - साईत हेरेर शुभदिनमा बाह्रा: राखेको दिदी संगै बहिनी पनि समाव...
कयेता पुजा ~~~०००~~ नेवार समुदायको जन्मकर्मको १० संस्कार मध्य छोरी चेलीेको " इहि " र बाह्रा: तथा छोराको बुसँखा र केयता पुजालाई जीवन संस्कारका रुपमा चिनिन्छ । छोरालाई गरिने बुँसँखा संस्कारलाई चुडाकर्म पनि भनिछन् । बालकको शिरमा कपाल खौरेर शिखा( टुप्पी, आङ्सा) मात्र बाकी राखि कान समेत छेड्ने कार्य समेत यस संस्कारमा हुन्छ । यस संस्कारमा बालकलो फूपू र मामाको अहम भूमिका हुन्छ । बुसँखा संस्कार पश्च्यात बालक नाबालाक अवस्था पार गरि आफ्नो जातिय समाज र पारिवारिक सद्स्यताको मान्यताको योग्यता प्राप्त गर्ने परम्परागत सामाजिक विस्वास रहि आएका देखिन्छन् । यो संस्कारलाई गैह्र नेवा:हरु मुण्डन वा छेवर पनि भनिन्छ । यो बुसँखाय संस्कार कसैले छुट्टै गर्ने गर्छन् भने धेरै जसोले सहजताका लागि कयेता पुजा कै दिन गर्ने गरिन्छन् । नाबालक बालक सामाजिक र पारिवारिक सद्स्य हुन योग्य भए पश्चात् बैस्क अवस्थामा पुगेर जिवनयापनका लागि अनिवार्य शिक्षा दीक्षाको आवस्यक्ता पर्ने भएकाले बालकलाई शिक्षा दीक्षा...
नेवा: छोरी चेलिलाई गर्नु पर्ने इहि र बाह्रा: संस्कार ~~~'००० ~~~ नेवा: समुदायेको जातिय पहिचानको छुट्टै मौलिक संस्कारका रुपमा रहि आएका संस्कारमा छोरी चेलीलाई गर्नु पर्ने इहि र बाह्रा: संस्कार प्रमुख हुन् । .... वर्षको बालक अवस्थामा गर्ने " इहि " संस्कारले नेवा: छोरी चेलीलाई सधै सधैंका लागि सौभागवती हुने र रहने सनातनी धर्म शास्त्रले मान्यता दिएको छ भने " बाह्रा: " संस्कारले नेवा: छोरी चेलीको भविष्यमा रजस्वला ( मासिकस्राव / महिनावरी हुने) अवस्थामा हुन सक्ने छोइछिटोलाई यस संस्कारले बाह्रा: संस्कार गर्दा कै अवस्थामा नै शास्त्रीय बिधिबतरुमा पन्छाईएको शास्त्रीय मान्यता दिएको छ । यसै इहि र बाह्रा: संस्कार सम्पन्न भईसकेको कारणले नै नेवा: छोरी लचेलीले सनातनी नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज र ऋषि पञ्चमिको पर्वमा व्रत उपास्ना गर्नु पर्दैन । त्यसैले सनातनी नै भएतापनी नेवा: महिलाहरुले तिज र ऋषि पञ्चमिको व्रत उपास्ना गर्ने परम्परा नेवा: समाजमा छैन । ईहि संस्कार :- हिमालय पुत्री पार्वत...
धौबजी नकेमा चाहिने सामाग्रिहरु दही चिउरा खुवाउने( धौबजी नके)मा चाहिने सामाग्रिहरु स्रोत- (दैबज्ञ गोजी पात्रो २०७५ जोशी समाज ख्वप) :- ठाउँ र जातजातिको आ-आफ्नो चलन अनुसार केही केही फरक पनि हुन सक्छन् दही चिउरा खुवाउने( धौबजी नके)मा चाहिने सामाग्रिहरु १. अण्डा - २० गोटा २. दहि - १ गोटा ३. सुकुटिड माछा - २० वटा ४. मासु - १ धार्नि ५. दूध - १ माना ६ . चिउरा - १ पाथी ७. फल फूल - १ किस्ति ...
बालक जन्मको जानकारि दिंदाको सामाग्री ;- १. ग्व ग्वय् ( सुपारी ) - २ वटा २. चाकु - १ वटा ३. ज्वानु, पिपला, नून, सूठो, अदुवा, फुस्रो ससिन्दुर (भुइसिन्ह) , जाइफल १ वटा ४. दक्षिणा नोट :- छोरी जन्मेकोमा आाधा सुपारी ( बाग ग्वय्) र चाकु आाधा मात्र पडाउने । ग - छैटीको सामग्री : - फुफुले( निनिं) लाने सामान १. माटोको पाला - १२ वटा २. बत्ती - १ मुठ्ठ...
जन्म सुतक चोख्याउने ( मचाबु बेंके) को सामाग्री :- माइतबाट पठाउने सामाग्री - १ मासु १ धार्नि २. आधा किलो ४. चाकू, १ गोटा, ५. ज्वानु १ पाउ, ६. अदुवा, ७. तेल, ८. ककेराऊ ९. केराऊदाल, १०. सिमि, ११. आलु, १२. साग, ...
बच्चाको पास्नी( अन्न प्रशासन) मच्चा जंक्व :- १. सुकुन्दा २. ज्यनालप्ते ३ वटा ३. थायभू सामाग्रअंहरु - क- काँसको थाल ख- तृखुट्टी सकहित थायभू एक ४. दुईमाना चामलको भात ५. दाल - क. मास( माय्) ख. मूगी ( मू). ...
सुवर्ण कुमार विवाह( इहि)को लागि आवश्यक सामाग्री (क) दुसोको ( पूर्वाङ्ग) को लागि १. पूजा एक जोर २. किसली एक ३. निगालो ( तिकछि )दुई ४. कुम्भका ( तिा डोरो भएको डल्ला एक ५. धोपतु दुई वटा ६. बेल ( ब्या गो) एक ७. चिउरा ( निसला)एक ८. चामल ( सिधा)एक ...