बाह्रा: संस्कार
इहि संस्कार पछि महिनावारी हुनु अगादि छोरी चेलीलाई गर्ने संस्कार बाह्रा: राख्ने हो । छोरी चेली उमेरले बढ्दै गए पछि सरिरको प्राकृतिक बनौतका कारणले उनिहरुमा हुने मासिक स्राव याने महिनावारी हुनु हो ।
मानव सृस्तिकालागि नारिलाई पूर्णता दिन प्रकर्तिले अनिवार्य व्यवस्थ गरिएका मासिक रुपमा शृंखलाबध्द हुने शारीरिक प्रकृया नै महिनावारी हो अर्थात मासिक स्राव हुन् । महिलाको महिनारीलाई पुरातन समाजले नछुने र पर सरेकी तथा छुन नहुने भनेर चित्रणा गर्दै सङ्कीर्ण मनस्थिती बाट पुरातन संस्कारकारुपमा लिईन्दै आएका छन् । सामान्यतयाः महिनावारी र नछुनेलाई एउटै मान्ने गरिए तापनि यी दुई भिन्न हुन् । महिनावारी जैविक विषय हो, जुन महिलालाई जन्मजात नै प्राप्त हुन्छ । नछुने चाहिँ समाज निर्मित विषय हो, जसलाई पितृसत्तात्मक समाजले महिलामाथि थोपरेको एउटा कुसंस्कार हुन् ।
बाह्रा: तीन किसिमले राख्ने परम्परा रहेका छन् । (१) साईत हेरेर राख्ने, (२) स्वाना घाना(समावेश गरि) - साईत हेरेर शुभदिनमा बाह्रा: राखेको दिदी संगै बहिनी पनि समावेश गर्दै राख्ने बाह्रा: र (३) अचानक नै राख्ने(च्वं बाह्रा:) - पहिलो पटक रजस्वला भएकै दिन तत्कालनै सूर्यको किरण समेत नछिर्ने कोठामा राखेर गरि र तिन किसिमले बाह्रा: राख्ने परम्परा रहि आएका छन् ।
(१) साईत हेरेर राख्ने बाह्रा: :-
बाह्रा: राख्ने उमेर पुगेपछी ज्योतिसलाई चिना देखाएर साईत दिन तोकिन्छ । तोकिएको दिन बाह्रा: राख्ने छोरीलाई नङ काट्न लगाई नुहाईधुवाई गराई निसि ( चोखो) पारि घरका मूली( जेष्ठ) महिला ( छेंया नकिं)ले पूर्णपात्र ( माटाका सानू पाला भरी चामल, एउटा सानू डल्लोसुपारि, दक्षिणा राखी जसलाई नेवा: भाषामा किस्ली भनिन्छ) कण्यालाई ढोग्न लगाई बाह्रा: अवधी भर कुनै बाधा अवरोध न आवस भन्दै आफ्ना थान गणेश तथा पिठ अजिमालाई स्मरण गर्दै पुकार गरेर किस्ली पन्छाईन्छ । किस्ली पन्छाई सके पछि सूर्यको किरण समेत नपस्ने गरि व्यवस्था गरिएको कोठामा लगेर कपासको ख्याक बनाएर एककुनामा स्थापना गरि पुजा गरि बाह्रा:बस्ने कण्यालाई दहिको सगुण दिई दहिच्युरा ख्वाई झ्याल ढोका बन्द गरि बाह्रदिन सम्म कुनै पूरुषको अनुहार समेत नदेखाई बुप्तबास अर्थात बाह्रा: राखिन्छन । बिधिवत रुपमा बाह्रा: ननिकाले सम्म बाह्रा: बस्ने कण्यालाई जे ख्वये पनि ख्वाउनु अघि स्थापना गरिएका ख्याकलाई चढाउनु आवस्यक छ । बन्द कोठामा बसेका कण्यालाई यो बाह्रा: ख्याकले रक्षा गर्छन् भन्ने धार्मिक आस्था अनि विस्वास रहि आएका छन् ।
(२) स्वाना घाना(समावेश गरि)राख्ने बाह्रा: :-
साईत हेरेर शुभदिनमा बाह्रा: राखेको दिदी संगै बहिनी पनि समावेश गर्दै अन्य बहिनिहरु पनि संगै नै बाह्रा: राख्ने परम्परा छ । साईत हेरि राखेको दिदी संगै यसरी समावेश गरि बाह्रा: राखेका बहिनिहरुलाई भोलि पल्टै निकाल्न मिल्छ । एउटा आमाका तीन छोरी एक पटक राख्न नहुने भन्ने समेत रहेको छन् ।
(३) तत्काल नै राख्ने(च्वं बाह्रा:) -
पहिलो पटक रजस्वला भएकै दिन तत्कालनै सूर्यको किरण समेत नछिर्ने कोठामा राखेर बाह्रा: संस्कारका अन्य बिधिहरु पूरा गरि अवधि पुरा भए पछि बिधिवत् निकाल्ने बाह्रा: ।
बाह्रा: बस्नेलाई दिन सम्म नून ख्वाईन्न । त्यस्तै बाह्रा: राखेका दिन देखि ननिकाले सम्म घर परिवार देखि तेह्र्दिने आफन्त सवैलाई सुतक लागग्छ यसलाई नेवा: भाषामा जय्बली क्यंङ्गु भनिन्छ । सुतक ( जय्बली ) परेकोले कुनै पुजा वा पितृकार्य गर्न हुन्न । बार्हा बस्नेलाई घरेलु समानले निर्मित विशेष सिंगाारका सामान क्वंचिक ( चामको पिठो, तोरी, पिना, जौ र तेल मिस्रित ) तेल लगाईदिने कार्य हुन्छ । त्यस्तै बार्हा: राखेको हेर्न आफन्तले छुस्यामुस्या( मकै, भटमास, गहुँ, र बदाम आदि भुटेको), फलफुल, दुध तथाई मिठाई लिएर आउने र जाने गर्छन् । अाफन्तजनहरु पनि कब चिकं लाउन निम्तो गरिन्छ र आफन्तहरु पनि भुटेको मकै, भटमास, गहुँ, दूध, फलफुल, मिठाई आदि मेवामिस्तान लिइ हेर्न हेर्न आउछन् यसरी बाह्राः राखेको हेर्न आउने वा हेर्न जाने कार्यलाई छुस्या मुस्या नकवनेगु भन्ने चलन रहेको छ ।ब

बाह्राः राखेको छैटौ् दिन विशेष पुजा गरि बचा बजि चढाईन्छ ( बचा बजि भन्नाले -चिउरा, मासु, साय, भटमास, ध्यु, चाकु, वः, सिङ्के……… अादिको विशेष परिकार बनाई सूर्य देवलाई चढाउनेकार्लाई भनिन्छन् ) ।
बाह्राः निकाल्ने) बाह्राःपिकायेगु)
एकाबिहानै बाह्राः बसेको कन्यालाई नुहाधुवाई गरि चोखो नित्य गरि धरमा लितपोट गरिन्छ । त्यस दिन बाह्राः बसेको कन्यालाई दुलहि जस्तै गरि सजाईन्छ अनि अनुहार छोपेर बाह्राःकोठाबाट बाहिर निकालि घरको कौसिमा लगेर सूर्य नारायणन देवताको विशेष पुजा गरि सूर्यको दर्शन गराई पश्चयात अनुहार खोलिन्छन् । सूर्य दर्शनको पुजा पश्चात बःजु बाट कन्यालाई ज्वाला न्हाय्कं र सिन्हमू( परम्परागतको पितल आदि धातको ऐना जसलाई नेपाल भाषामा/ नेवार भाषामा ज्वालान्हाय्कं भनिन्छ) र सिंदुर राख्ने कलात्मक धातु कै भाँडा जस्लाई नेपाल भाषामा सिन्हम्हू भनिन्छ कन्यालाई हस्तानतरण गरिन्छ । अनि आआफ्नो थान गणेश र पिठमा पुजा तथा दर्शन गरि बाह्राःसंस्कार संम्पन्न गरि परिवारजन, आफन्तजन तथा कन्याका सखिहरु सवैलाई भोजगरि भोजन गराईन्छन् ।
बौध्द परम्परा अनुसार भने बिहारमा लगेर भिच्छुनिहरुको निगारनिमा कलेजि रङ्गको वस्त्र पहिनाई ऋषिणि( भिच्छु) बनाई बुद्ध बचन अनुसार पञ्चशील प्रदान गरि केही दिन घर ल्याए भोज ख्वाएर बाह्राः संस्कार संपन्न गर्ने परमपमरा रहेका छन्। आजको आधुनिक युगमा बाह्र दिन सम्म
आफना छोरी चेलिको स्कूलमा जान नपाई पढाईमा बाधा पर्न जाने भएकाले पढाइ नबिग्रियोस भनेर बौध्द परम्परा अनुसारको सरल तरिका बाट बिहारमा लगेर बाह्राः राख्ने संसकार पछ्याउन थालेका छन् ।
टिप्पणियाँ
एक टिप्पणी भेजें