सुवर्ण कुमार विवाह( इहि)को लागि
आवश्यक सामाग्री
(क) दुसोको ( पूर्वाङ्ग) को लागि
१. पूजा एक जोर
२. किसली एक
३. निगालो ( तिकछि )दुई
४. कुम्भका ( तिा डोरो भएको डल्ला एक
५. धोपतु दुई वटा
६. बेल ( ब्या गो) एक
७. चिउरा ( निसला)एक
८. चामल ( सिधा)एक
९. ललफूल( सिसाबुसा) भाग एक
१०. मिठाई रोटी भाग एक
११. धूप र बत्ती
१२. यज्ञोपवित( जजंका)
१३. सुकुन्दा
१४. सलपा
( ख) कन्यादानका लागि
१. पूजा एक जोर
२. फुस्रोसिन्दुर (भुईसिन्ह)
३. किसली दुई
४. फलफूल दुई भाग
५. दहीको पतु (धोपतु) दुई वटा
६. चिउरा ( निसला) एक
७. चाँदिको टीका
८. सुनको टीका ( लुँ सिन्ह)
९. कोचिकं (बुकुवा तेल)
१०. दुबो
११. मिमिचा
१२. मासु
१३. स्वाँवा( जुङ्गेधान)
१४. गोबर
१५. माछा
१६. चाकु
१७. सुपारी
१८. लावा
१९. आखे ( अक्षेता)
२०. नुन
२१. सुजफा
२२. मलंफो
२३. अदुवा
२४. ज्यनालप्ते
२५. मिकुसि
२६. इहिपर्सि
२६. नङ्ग काट्दा राख्ने थाल
२७. फूफूको लागि वस्त्र
२८. धूप, बत्ति
२९. यज्ञोपवति ( जजंका )
३० चामल
३१. सापाख्वो र
३२. रातो कपडा आदि
ठाउँ र जातजातिको आ-आफ्नो चलन अनुसार केही केही फरक पनि हुन सक्छन्

===========================(==
नेवा: छोरी चेलिलाई गर्नु पर्ने इहि र बाह्रा: संस्कार
~~~'००० ~~~
नेवा: समुदायेको जातिय पहिचानको छुट्टै मौलिक संस्कारका रुपमा रहि आएका संस्कारमा छोरी चेलीलाई गर्नु पर्ने इहि र बाह्रा: संस्कार प्रमुख हुन् । .... वर्षको बालक अवस्थामा गर्ने " इहि " संस्कारले नेवा: छोरी चेलीलाई सधै सधैंका लागि सौभागवती हुने र रहने सनातनी धर्म शास्त्रले मान्यता दिएको छ भने " बाह्रा: " संस्कारले नेवा: छोरी चेलीको भविष्यमा रजस्वला ( मासिकस्राव / महिनावरी हुने) अवस्थामा हुन सक्ने छोइछिटोलाई यस संस्कारले बाह्रा: संस्कार गर्दा कै अवस्थामा नै शास्त्रीय बिधिबतरुमा पन्छाईएको शास्त्रीय मान्यता दिएको छ । यसै इहि र बाह्रा: संस्कार सम्पन्न भईसकेको कारणले नै नेवा: छोरी लचेलीले सनातनी नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज र ऋषि पञ्चमिको पर्वमा व्रत उपास्ना गर्नु पर्दैन । त्यसैले सनातनी नै भएतापनी नेवा: महिलाहरुले तिज र ऋषि पञ्चमिको व्रत उपास्ना गर्ने परम्परा नेवा: समाजमा छैन ।
ईहि संस्कार :-
हिमालय पुत्री पार्वतीले श्री स्वस्थानीको व्रत प्रभाववाट महादेव पति पाए पछी पार्वतीले आफ्नो माईती घरको चेलीले आफुसरह अखण्ड शौभाग्यती हुन पाउन वर माग्दा - "सुवर्णकुमार(हिरण्य गर्भ:) संग कन्याको विवाह भयो भने सदा सर्वदा हिमालय पर्वतका महीलाहरु शौभागवती हुनेछन" भन्ने महादेवले पार्वतीलाई दिनुभएको वरदान अनुसार नेवार महीलाहरु कहिले पनि विधवा नहुन र सदा सर्वदा शौभाग्यती नै हुने छन भन्ने धार्मिक नितिनियम बमोजिम पूर्वजले पछिका आफ्ना सन्तानहरुको कल्याणका लागि देवादीदेव महादेवको प्रतिकका रुपमा बेल फललाई उपस्थितिमा राखी याने साक्षी राखी बिष्णु भगवानको प्रतिकका रुपमा सुवर्ण कुमार(हिरण्य गर्भ:)संग वैदिक तन्त्रनिर्देशन अनुसार इहि याने इहिपा गराई यो इहि संस्कार थिति चलाई गएको रितिथिती संस्कार त्यसैबेला देखि हिमाली पर्वत क्षत्र नेपालमण्डलका नेवारहरुमा चलेको हुनु पर्दछ । यही सनातान धार्मिक मान्यता अनुसार नेवारहरुको शुध्द नेवार रितिथिती अनुसार याने मौलिक रितिथिती अनुसार विवाह गर्ने अवसरमा ज्वाइँ हुने व्यक्ती याने दुलाहा हुने व्यक्ती जन्तिसंग जाने चलन छैनन । यसै कारणले पनि नेवारहरुको विवाह कार्यमा बाबुले कन्यादान गर्नु पर्ने चलन छैइन ।
महीला कहिले पनि विधवा नहुने र सदैव सौभाग्यवती रहीरहने परम्परागत धार्मिक र समाजिक मान्यता रहेको नेवार समुदायको " इहि " संस्कार गैर नेवार ( अन्य जातजातिको ) समुदायको भन्दा भिन्न विधि व्यवहार हो । सनातन हिन्दू संस्कारमा सोर्ह संस्कार छन तर पनि नेवार समुदायभित्र सनातमि हिन्दू नै भएतापनी दशकर्म संस्कार मात्र हुने गर्दछन । दशकर्म संस्कारहरु मध्य छोरीलाई गर्ने संस्कारहरु मध्यका एक संस्कार इहि हुन । सामान्यतया नेवार समुदायमा छोरी पाँचदेखी सात,वर्ष भित्र इहि संस्कार गर्दा उत्तम मानिन्छन । यो संस्कार सनातन धर्मले निर्देशित विधि हो भन्ने प्रमान आदित्य पुराणमा उल्लेखित पंक्ती " पिपलाम्बु सुवर्ण वा श्रीफलै:सार्धमुव्दहत । एभि: समुध्द हे बृषलीत्वात प्रमुच्यते ।। अर्थात - पिपल, जल, सुन वा बेल यी मध्य कुनै एकसंग कन्याको बिवाह गरिंदा ती कन्या बृषली( चणडालिनी) हुनबाट जोगिन्छे ।
यो इहि संस्कार अन्य धार्मिक पुजा धर्म कार्य गर्ने जस्तो मनमा आएका समयमा यसो गरेपनी हुन्छ त्यसो गरे पनि हुन्छ भनी अर्थात आफुले चाहेको समयमा गर्ने कार्य होइनन । उमेर पुगेका जेष्ठहरुको भीमरथारोहण(जंक्व) कार्य, मूर्ती प्राण प्रतिस्था जस्तो पवित्र धर्मिक कार्यमा तथा दसकर्म संस्कारको अन्तर्गत धार्मिक यज्ञ सहितको पुजा कार्यमा बालकार्यक्रम अन्तरगत गरीने कार्य हो । त्यस्तो धार्मिक तथा सासंकृतिक कार्यमा कुनै बालीकालाई अनिर्वायरुपमा इही संस्कारका रुपमा पनि पुजा गर्नै पर्ने हुन्छन । अथवा इहि यज्ञ बनाई सानुहिक इहि कार्य गर्नेस्थानमा मात्र यो इहि संस्कार संम्पन्न हुन्छन । इहि गर्ने समय (पाँच देखि सात वर्षका) भएका र इहि दीन(ज्योतिसलाई जन्मकुण्ड्ली-चिना देखाएर इहि गर्ने दिन छ छैन हेरेर) भएका बालीकाहरुलाई त्यस्ता धार्मिक तथा सांस्कृतिक एवं सामुहीक इहि कार्यमा लगेर इहि संस्कार गर्ने गरीन्छन । हुने खाने अर्थात आर्थिक सम्पन्न व्यक्ती विषेशले इहि यज्ञ गरि कन्याहरु भ्यला गराई सामुहीक इहि गराई पुन्य संचय गर्न चाहनेहर्ले र कुनै सामाजिक संस्थाले श-शुल्क सामुहीक इहि यज्ञ कार्य पनि गरौने गर्दै आएकाछन । पुण्य संचय गर्ने उद्देष्यले कन्याहरु भेला गराइ सामुहिक इहि यज्ञको आयोजना गर्ने आयोजकलाई स्थानिय भाषामा " नोकु " भनिछन ।
सामुहीक इही गरीन्दा वा इहि संस्कार गरीन्दा हिन्दू धर्म सम्प्रदाएकाको ब्राम्हण राजोउपाध्याय(नेवार ब्राम्हण,द्य:ब्रम्हु) र बौध्द सम्प्रदायमा गुभाजुले पुरोहीतका रुपमा कार्य गर्ने गरीन्छन ।
इहि संस्कारको विधि -
इहि संस्कार गरिन्दा एउटा भिन्नै बिधिरहेको देखिन्छ । सर्व प्रथम त: इहि गर्ने उमेर पुगेको कन्याको चिना देखाई त्यस वर्ष इहि गर्ने दिन भए नभएको टुंगो लगाइन्छ । यसरी साइत जुरे पछि इहि गरीने कन्यालाई चार दिन अगाडि नै घरको नकिं( घरको मुलि महिला)ले सगुन( ............. ) दिएर पिब्वने कार्य गरीन्छन । कन्यालाई नुहाई धुआई गराई चोखो नित्य गराई सगुन दिइसके पछि इहि गर्ने कन्यालाई जन्म घरमा भात ख्वाउनु नहुने बिधिरहेकाले इहि संस्कार भित्रको बिधिमा कन्याका आफन्तहरुको घर घरमा सगुन र भोजनका लागि आफन्तहरुले कन्यालाई निम्तो दिई घर घरमा लगि सगुन दिई मिथो मिथो परिकारहरु बनाई कन्यालाई भोजन गराइन्छ । इहि गर्ने कन्यालाई आफन्तले भोजन गराउने कार्यलाई स्थानिय भाषामा इहि मचा नकेगु भनिन्छन । इहि मचा ख्वाउने चलन कुनै थाउँमा भने चलन चलेको देखिन्दैनन । इहि संस्कारा गर्दा इहि मचा ख्वाउन पिब्वय गर्न नपर्नेहरुले कन्या ठूलो भै विवाहको पूर्व संन्ध्यामा वा विवाह पछि आफन्तहर्ले पैइनजा ख्वाउने गरिन्छ । इहि संस्कार कार्यक्रम दुई दिन सम्म चल्दछ । पहिलो दिनलाई दुसो र दोस्रो तथा अन्तिम दिनलाई जज्ञ .भनिन्छ ।
इहि संस्कार कार्यमा आठ जना व्यक्ती विशेषको प्रमूख भूमिका रहेको देखिन्छन भने एकजना सहयोगि हुन्छन जस्तै -
१. जोशी- इहि गर्ने दिनको साइत हेर्ने लगायत,
२. नापित-कन्याको खुट्टाको नङ्ग काटी रातो अल: लगाई दिने,
३. प्रजापती-इही कार्यका लागि आवश्यक माटाका मूर्ती,कलश तथा सल:पा: लगायत सामान बनाउने,
४. चित्रकार-प्रजापतिले बनाएका माटाका सामानमा विशेष प्रकारले रङ्ग रोगन गर्ने,
५. दिक्षित राजोउपाध्याय ब्राम्हण( नेवार ब्राम्हण-द्य:ब्रम्हु)-इहि यज्ञ गर्ने,
६. शिवाचार्य-शुवर्णकुमार(हिरण्य गर्भ:)को पूजा गर्ने,
७. कर्माचार्य(आचाजु)-अष्टमातृका पूजा गर्ने र
८. राजोउपाधयाय नकिं(गुरुआमा)-पाथीबाट लावा, फुल, अविर आदि राखी सिफँलुइ(अभिषेक)गर्ने, सिन्दूर आरोहण लगायत कार्य गर्ने आदिले यज्ञ कार्यमा प्रमुख भूमिका निभाउछ तथा इहि यज्ञ कार्य गर्न आवस्यक सरसामानको चाँजो पाँजो मिलाउन एकजना सहयोगिको व्यवस्था गरिएका हुन्छन जसलाई म्ह्य नाय: भनिन्छन । कार्यक्रम आयोजक " नोकू " समेतको एउटा टोली नै खडा भएको देखिन्छ । साथै इहि गर्ने कन्याहर्को पनि एउटा पाँच वा नौजनाको इहि गर्ने कन्याहरुको एउटा नेत्रुत्व तोली पनि अनिवार्य व्यवस्था हुन्छ । कन्याहरुको यस तोलीले इहि यज्ञ कार्यमा कन्याहरुको अगुवाई गर्द्छ । कन्याहरुको यस तोलीको नेतृत्व आयोजकको कन्याले गर्दछन जसलाई नोकू भनिन्छन भने बाकी कन्याहरु आयोजकले तोकेका कन्याहरु तोलीमा समाबेस हुन्छन । इहि गर्न आउने अन्य कन्याहरुलाई भन्दा कन्याहरुको यस तोलीलाई यज्ञ कार्यमा विशेष समान साथ व्यवहार गरिन्छ । विशेष समानका साथ व्यवहार गरीए बापत यस तोली संग यज्ञ कार्य तोलीले अन्य कन्याहरु संग भन्दा बढी याने दोबर दक्षिणा लिने गरीन्छ्न ।
इहि संस्कार कार्यको पहिलो दिन(दुसो)- दुसो विधि अन्तरगत कन्याहरु(इहि मचा)लाई इहि यज्ञस्थलम प्रबेष गराई स्वागत(लसकुस)कार्य गरि सर्वप्रथम बिघ्नहरण कर्ता श्री गणेषको बोका बली पूजागरी कार्यशुभारम्भ गरिन्छन, इहि यज्ञका प्रमुख देवता त्र्यम्वकेश्वर महादेव-शिव(स्थानिय भाषामा अलिद्य:)लाई प्रजापतिको बाट साधेर(........) इही यज्ञमा ल्याई कन्याहरु बाट पुजा गराइ यज्ञस्थलको ईशान कोणमा राख्ने काम गरिन्छ । त्यस पछि गंगामाताको आव्हानगरी सुतक निवारकका रुपमा ( इहि कार्य संम्पन्न नभए सम्म त्यस अवधिमा कुनै सुतक परीहालेमा पनि कन्यालाई सुतक नपर्ने बिधिबिधान अन्तरगतको तान्तृक कार्य अनुसार बयलको पिण्ड दान गराई बृध्दी श्राध्द गराई पितृवंश, मातृवंश,गुरुजन आदि सबै स्वजनहरुलाई पिण्ड तर्पण गराएर बृध्दी श्राध्द संम्पन्न गराई शतबृन्दी दोरा(का: वायके विधि)लगाई दिने कार्य गरिन्छन । त्यस उपरान्त कन्याहरुको आ-आफ्नो कुलदेवता, इष्टदेवता(आगंद्य:), तलेजु भवानी लगायतको आव्हानगरी पुजा गरीन्छन । राजोउपाध्याय नकिंले काठको पाथीभित्र लावा,फूल आदि राखी कन्याहरुलाई अभिषेक्स(सिफँलुइगु)गरि कर्माचार्य बाट कन्याहरुलाई प्रशाद बित्तरण गरि पहिलो दिनको पूजा कार्य समाप्त गरि कन्याहरुलाई दुसो जा नकेगु भनी तन्त्र बिधिबाट भात ख्वाउने कार्य हुन्छ । यस क्रममा अघि सुरुमा गणेषलाई पूजा गर्दा बलि दिएको बोकाको टाउकोको अंगलाई आठ बिभिन्न भागमा तान्तृक बिधिवत बिभाजन गरिएनुसारको मासु प्रशाद जेष्ठ क्रम अनुसार कन्याहरुलाई(इहि यज्ञ आयोजकले उहि यज्ञमा कन्याहरुलाई तोकिराखेको जेष्ठ्ता अनुसार (पाँच जना अथवा नौजना ) बिधिवत क्रमश बितरण गरि सिकाभू ( नेवार समाजमा कुनै देव देविलाई बलिसहितको पुजा गर्दा बलिदिएको कुखुरा,हाँस वा बोका आदि जे बलिदिएको छ त्यसको प्रशाद सोरुप बलिको टाउको याने सिर जो कोहीले ग्रहण गर्ने(खाने) अधिकार दिएको छैन । त्यसको अधिकार घर परीवारमा भए घरको मूली देखि क्रमश:जेष्ठता अनुसार बिधिवत ग्रहण गर्छन । तर यो अधिकार महिलाहरुलाई भने दिएकी पाईदैनन , कुल समूह वा गुठी समाज भए नाय:(नाईके) र सो पछि जेष्ठता क्रम अनुसार ग्रहन गरिन्छ । सिकाभु ग्रहण गर्ने महिलाहरुलाई अधिकार नभए पनि इही संस्कार गर्दा भने इही गर्ने कन्याहरुलाई नै बलिको सिकाभू(सिऊ) ग्रहण गराईन्छ ।( सिकाभुको अर्थ-.............) सिकाभु प्रशाद ग्रहण पश्च्यात कल:वाय बिधि अपनाई मातङ्गी देवीलाई पुजेर सिकाभुको उचिष्ठ(जुठो)सिकाभु स्थलको संम्बन्धित इलाकाको च्छ्वास अजिमाकहाँ लगेर बिधिवत विसर्जन गरि दुसो दिनको संम्पूर्ण कार्य समाप्त गरि सबै आ-आफ्नो घरमा जान्छन ।
दोस्रो दिन "जज्ञ"

यसदिन पनि कन्याहरुलाई यज्ञ मण्डलमा स्वागत(लसकुश) गरि नापित बाट कन्याहरुको खुट्टाको नङ कात्ने कातेको नङ कन्याको फुपुहरुले काँसको थालमा थाप्ने कार्यगरी दोस्रो फिनको कार्य सुरु हुन्छ । त्यस पछि सर्वखौ ( पिना) द्वारा सूक्ष्म स्नान गराई पंचगब्यले अभिसिञ्चन गरिन्छ । यसदिन अघिलो दिनको दुसो कार्यमा कुनै विशेष कारण बंस सहभागी नभएका कन्याहरु समेत सहभागी भएका हुन्छन । .
। आज सहभागी हुने सबै कन्याहरुलाई अघिलो दिन झै पुन: बृध्दी श्राध्द गराइन्छ । श्राध्द गरिसकेपछी जोशी द्वारा सिन्दूरको पूजा सम्पन्न गरि राजोउपाध्याय नकिंले कन्याहरुको सिउँडोमा फुस्रेसिन्दूर(.......) लगाई दिई कन्याहरुलाई आशीर्वाद दिइन्छ ।
त्यसपछी योजकाग्नी (.सम्बन्ध जोड्ने..)यज्ञ आरम्भ गरि यज्ञमा बेललाई दस कर्मद्वारा सुसंस्कृत पारिन्छ । सुसंस्कृत बेललाई कन्याहरुको हात हातमा राखी बितरण गरिन्छ ततपश्च्यात कन्याका बाबुले पश्चिम तर्फ फर्केर कन्यालाई आफ्नो काखमा बसाई कन्याको दायाँ बुढी औला समाई कालो तिल कुश लिई कन्यादानको संकल्प गरि सुवर्न कुमार(हिरण्य गर्भ:) सहितको बेलमा कन्यालाई समर्पण गरिन्छ । त्यस पछि कन्याका आफन्तजनहरुले कन्यस्लाई भिक्षा दिने कस्र्य गरिन्छ यश कार्यलाई बार्हा छुइ भन्ने गरिन्छ । भिक्षामा चामल, पैसा तथा शौभाग्यको सामाग्री सहित दिइन्छ । त्यस पछि कन्याहरुलाई बेलसंगै कुशको डोरीले स्थीर्स्दाम्पत्यको निमित बाँध्ने कार्य संम्पन्न गरिन्छ पछि यसबन्धनलाई शिवाचार्यले झिक्ने कार्य गरिन्छ । त्यस पछि राजोउपाध्या ब्राम्हणले प्र्शाद बितरण गरि ब्राम्हण नकिं ( ब्राम्हणी ) बाट काठको पाथीबाट लवा, फुल, अबिर इत्यादी राखी अभिषेक ( सिफँलुइ ) गरि कन्याका माताबाट दक्षिणस थाप्ने काम हुन्छ ।
त्यस पछि इही संद्कार कर्मको पूर्णफल प्राप्तिका लागि गौदान गरेर लं, पने (इहि संस्कार भित्रको एक विधि) कार्य गरि कन्याहरुलाई क्रमश: पालै पालो गरि खुट्टाले सिलौटामा कुल्चिन लगाई मास पिँध्न लगसिइन्छ (खुट्टाले सिलौटामा कुल्चिन लगाई ( इहि संस्कार भित्र एक विधि) सो कार्य सकिना साथ यज्ञको विसर्जित ब्रम्हा स्वर्ग प्रस्थान हुन्र बेलाको जल प्रशाद दिई भोजन कक्षमा लागि भोजन गराई उचिष्ठ(जुठो)लाई पूर्वव्स्त मातङ्गी देवी पुजेर च्छास अजिमा कहाँ बिधिवत कल:वाय सम्पन्न गरि इहि कार्यको सबै काम समाप्त गरिन्छ ।इहि यज्ञमा काम सक्यार घर प्रबेष गर्दा घरको ढोका अगादी बिराजमान कुमार ( पिखालखु द्य: )को अगादी कन्यालाई उभ्याई सल:पा: समाउन लगाई त्यसमा घरको मूलीबाट भिक्षा दिइन्छ । यस भिक्षा दिने कार्यलाई फँ बारा छुयेगु भन्छ । यसरी इही ससंकार कार्य सम्पूर्ण हुन्छ ।
इहि गरेपछि :-
इहि गरिसके पछि कण्यालाई कुमारी पुजा गरिन्दैनन् हुन्न पनि । इहि संस्कार सम्पन्न भएको वर्षको देवाली पुजामा देवालीको मूल पूजा संगै इहि मचा देगुद्य: थाये दुचाकेगु पुजा समेत छुट्टै पुजाको ववस्था गरि देगुख्यमा कुलादेवता / देगु द्य:लाई विशेष पुजा गरि इहि गरेको कण्यालाई देवाली प्रवेष गराइन्छ । इहि मचाको देगुद्य:मा हांसको बलि सहितको पुजा गरेमा स्यूकाभु भोज खाँदा इहि मचालाई बलि दिएको हाँसको टाउकोको स्यू दिइन्छ ।
बाह्रा: संस्कार
इहि संस्कार पछि महिनावारी हुनु अगादि छोरी चेलीलाई गर्ने संस्कार बाह्रा: राख्ने हो । छोरी चेली उमेरले बढ्दै गए पछि सरिरको प्राकृतिक बनौतका कारणले उनिहरुमा हुने मासिक स्राव याने महिनावारी हुनु हो ।
मानव सृस्तिकालागि नारिलाई पूर्णता दिन प्रकर्तिले अनिवार्य व्यवस्थ गरिएका मासिक रुपमा शृंखलाबध्द हुने शारीरिक प्रकृया नै महिनावारी हो अर्थात मासिक स्राव हुन् । महिलाको महिनारीलाई पुरातन समाजले नछुने र पर सरेकी तथा छुन नहुने भनेर चित्रणा गर्दै सङ्कीर्ण मनस्थिती बाट पुरातन संस्कारकारुपमा लिईन्दै आएका छन् । सामान्यतयाः महिनावारी र नछुनेलाई एउटै मान्ने गरिए तापनि यी दुई भिन्न हुन् । महिनावारी जैविक विषय हो, जुन महिलालाई जन्मजात नै प्राप्त हुन्छ । नछुने चाहिँ समाज निर्मित विषय हो, जसलाई पितृसत्तात्मक समाजले महिलामाथि थोपरेको एउटा कुसंस्कार हुन् ।
बाह्रा: तीन किसिमले राख्ने परम्परा रहेका छन् । (१) साईत हेरेर राख्ने, (२) स्वाना घाना(समावेश गरि) - साईत हेरेर शुभदिनमा बाह्रा: राखेको दिदी संगै बहिनी पनि समावेश गर्दै राख्ने बाह्रा: र (३) अचानक नै राख्ने(च्वं बाह्रा:) - पहिलो पटक रजस्वला भएकै दिन तत्कालनै सूर्यको किरण समेत नछिर्ने कोठामा राखेर गरि र तिन किसिमले बाह्रा: राख्ने परम्परा रहि आएका छन् ।
(१) साईत हेरेर राख्ने बाह्रा: :-
बाह्रा: राख्ने उमेर पुगेपछी ज्योतिसलाई चिना देखाएर साईत दिन तोकिन्छ । तोकिएको दिन बाह्रा: राख्ने छोरीलाई नङ काट्न लगाई नुहाईधुवाई गराई निसि ( चोखो) पारि घरका मूली( जेष्ठ) महिला ( छेंया नकिं)ले पूर्णपात्र ( माटाका सानू पाला भरी चामल, एउटा सानू डल्लोसुपारि, दक्षिणा राखी जसलाई नेवा: भाषामा किस्ली भनिन्छ) कण्यालाई ढोग्न लगाई बाह्रा: अवधी भर कुनै बाधा अवरोध न आवस भन्दै आफ्ना थान गणेश तथा पिठ अजिमालाई स्मरण गर्दै पुकार गरेर किस्ली पन्छाईन्छ । किस्ली पन्छाई सके पछि सूर्यको किरण समेत नपस्ने गरि व्यवस्था गरिएको कोठामा लगेर कपासको ख्याक बनाएर एककुनामा स्थापना गरि पुजा गरि बाह्रा:बस्ने कण्यालाई दहिको सगुण दिई दहिच्युरा ख्वाई झ्याल ढोका बन्द गरि बाह्रदिन सम्म कुनै पूरुषको अनुहार समेत नदेखाई बुप्तबास अर्थात बाह्रा: राखिन्छन । बिधिवत रुपमा बाह्रा: ननिकाले सम्म बाह्रा: बस्ने कण्यालाई जे ख्वये पनि ख्वाउनु अघि स्थापना गरिएका ख्याकलाई चढाउनु आवस्यक छ । बन्द कोठामा बसेका कण्यालाई यो बाह्रा: ख्याकले रक्षा गर्छन् भन्ने धार्मिक आस्था अनि विस्वास रहि आएका छन् ।
(२) स्वाना घाना(समावेश गरि)राख्ने बाह्रा: :-
साईत हेरेर शुभदिनमा बाह्रा: राखेको दिदी संगै बहिनी पनि समावेश गर्दै अन्य बहिनिहरु पनि संगै नै बाह्रा: राख्ने परम्परा छ । साईत हेरि राखेको दिदी संगै यसरी समावेश गरि बाह्रा: राखेका बहिनिहरुलाई भोलि पल्टै निकाल्न मिल्छ । एउटा आमाका तीन छोरी एक पटक राख्न नहुने भन्ने समेत रहेको छन् ।
(३) तत्काल नै राख्ने(च्वं बाह्रा:) -
पहिलो पटक रजस्वला भएकै दिन तत्कालनै सूर्यको किरण समेत नछिर्ने कोठामा राखेर बाह्रा: संस्कारका अन्य बिधिहरु पूरा गरि अवधि पुरा भए पछि बिधिवत् निकाल्ने बाह्रा: ।
बाह्रा: बस्नेलाई दिन सम्म नून ख्वाईन्न । त्यस्तै बाह्रा: राखेका दिन देखि ननिकाले सम्म घर परिवार देखि तेह्र्दिने आफन्त सवैलाई सुतक लागग्छ यसलाई नेवा: भाषामा जय्बली क्यंङ्गु भनिन्छ । सुतक ( जय्बली ) परेकोले कुनै पुजा वा पितृकार्य गर्न हुन्न । बार्हा बस्नेलाई घरेलु समानले निर्मित विशेष सिंगाारका सामान क्वंचिक ( चामको पिठो, तोरी, पिना, जौ र तेल मिस्रित ) तेल लगाईदिने कार्य हुन्छ । त्यस्तै बार्हा: राखेको हेर्न आफन्तले छुस्यामुस्या( मकै, भटमास, गहुँ, र बदाम आदि भुटेको), फलफुल, दुध तथाई मिठाई लिएर आउने र जाने गर्छन् । अाफन्तजनहरु पनि कब चिकं लाउन निम्तो गरिन्छ र आफन्तहरु पनि भुटेको मकै, भटमास, गहुँ, दूध, फलफुल, मिठाई आदि मेवामिस्तान लिइ हेर्न हेर्न आउछन् यसरी बाह्राः राखेको हेर्न आउने वा हेर्न जाने कार्यलाई छुस्या मुस्या नकवनेगु भन्ने चलन रहेको छ ।ब

बाह्राः राखेको छैटौ् दिन विशेष पुजा गरि बचा बजि चढाईन्छ ( बचा बजि भन्नाले -चिउरा, मासु, साय, भटमास, ध्यु, चाकु, वः, सिङ्के……… अादिको विशेष परिकार बनाई सूर्य देवलाई चढाउनेकार्लाई भनिन्छन् ) ।
बाह्राः निकाल्ने) बाह्राःपिकायेगु)
एकाबिहानै बाह्राः बसेको कन्यालाई नुहाधुवाई गरि चोखो नित्य गरि धरमा लितपोट गरिन्छ । त्यस दिन बाह्राः बसेको कन्यालाई दुलहि जस्तै गरि सजाईन्छ अनि अनुहार छोपेर बाह्राःकोठाबाट बाहिर निकालि घरको कौसिमा लगेर सूर्य नारायणन देवताको विशेष पुजा गरि सूर्यको दर्शन गराई पश्चयात अनुहार खोलिन्छन् । सूर्य दर्शनको पुजा पश्चात बःजु बाट कन्यालाई ज्वाला न्हाय्कं र सिन्हमू( परम्परागतको पितल आदि धातको ऐना जसलाई नेपाल भाषामा/ नेवार भाषामा ज्वालान्हाय्कं भनिन्छ) र सिंदुर राख्ने कलात्मक धातु कै भाँडा जस्लाई नेपाल भाषामा सिन्हम्हू भनिन्छ कन्यालाई हस्तानतरण गरिन्छ । अनि आआफ्नो थान गणेश र पिठमा पुजा तथा दर्शन गरि बाह्राःसंस्कार संम्पन्न गरि परिवारजन, आफन्तजन तथा कन्याका सखिहरु सवैलाई भोजगरि भोजन गराईन्छन् ।
बौध्द परम्परा अनुसार भने बिहारमा लगेर भिच्छुनिहरुको निगारनिमा कलेजि रङ्गको वस्त्र पहिनाई ऋषिणि( भिच्छु) बनाई बुद्ध बचन अनुसार पञ्चशील प्रदान गरि केही दिन घर ल्याए भोज ख्वाएर बाह्राः संस्कार संपन्न गर्ने परमपमरा रहेका छन्। आजको आधुनिक युगमा बाह्र दिन सम्म
आफना छोरी चेलिको स्कूलमा जान नपाई पढाईमा बाधा पर्न जाने भएकाले पढाइ नबिग्रियोस भनेर बौध्द परम्परा अनुसारको सरल तरिका बाट बिहारमा लगेर बाह्राः राख्ने संसकार पछ्याउन थालेका छन् ।
सुवर्णकुमार वेल विवाहकोलागी चाहिने सर-सामानको सुची । जानी राखौ ।
जवाब देंहटाएंस्रोत:- कपिल भट्ट
https://m.facebook.com/story.php?story_fbid=1922421171253825&id=100004578829165